२ जोड २ पांच ( २ + २ =  ५ )
story
story
story

एक जना शिक्षक ससाना नानीहरुलाई गणितको पाठ सिकाउदै थिए। त्यस दिन शिक्षकले विद्यार्थीहरुलाई दुई वटा अंकलाई कसरी जोडने भनेर सिकाउन लागेका थिए। शिक्षकले जोड भनेको के हो ? कुनै पानी दुई अंकलाई कसरी जोडने भनेर विभिन्न उदाहरणहरु प्रस्तुत गरेर सिकाए।

राम्ररी सिकाई सके पछि शिक्षकले विद्यार्थीहरुलाई भने "तिमीहरुले सिक्यौ त कसरी जोडने भनेर ?" विद्यार्थीहरुले भने "सिक्यौ सर "


" अब तिमीहरुलाई प्रश्न सोधु त " भनेर शिक्षकले भने। विद्यार्थीहरुले "हुञ्छ" भने।


अनि शिक्षकले एकजना विद्यार्थीलाई सोधे " हरी, भनत, तिमीलाई मैले दुईवटा आँप दिन्छु, अनी फेरि दुईवटा आँप दिन्छु। अब भनत,तिमीसंग जम्मा कतिवटा आँप भयो ? हरीले भन्यो, पाँचवटा सर। शिक्षकले फेरि भन्नु भो , हरी राम्ररी सुन है, तिमीलाई मैले दुईवटा आँप दिन्छु, अनी फेरि दुईवटा आँप दिन्छु। अब भनत,तिमीसंग जम्मा कतिवटा आँप भयो ? हरीले फेरी भन्यो, पाँचवटा सर। शिक्षकले सोचे,मैले त त्यती राम्ररी सिकाएको, नबुझ्ने त कुरै भएन। शिक्षकले हरेस खयेनन। उनले सोचे "उदाहरण बदलेर भन्नु पर्यो कि क्या हो।" उनले यसपटक आँपको सट्टामा लिचिको उदाहरण दिए अनि सोधे , हरी तिमीलाई मैले दुई वटा लिची दिन्छु, अनि फेरी दुईवटा लिची, अब भनत बाबु तिमीसंग जम्मा कतिवटा लिची भयो? हरीले भन्यो "चारवटा" सर। "स्याबास" उनको यो तरीकाले काम गर्यो। हरीले जोड बुझेको रहेछ, शिक्षकलाई लग्यो।



शिक्षकले सोचे अब फेरि आँपको उदाहरण राखेर सोध्नु पर्यो। उनले फेरि प्रश्न दिहोर्याये। भन हरी ,मैले तिमीलाई दुईवटा आँप दिन्छु, अनि फेरि दुईवटा आँप दिन्छु। तिमीसंग जम्मा कतिवटा आँप भयो ? शिक्षकलाई लाग्यो, यस पटक त हरीले पक्कै पानी सही जवाब दिनेछ। तर अफसोच हरीले फेरी पुरानी जवाब फर्कायो, पाँचवटा सर।



यस पटक त शिक्षकलाई सार्है नै रिस उठयो। उनले हरीलाई गाली गर्दै सोधे। कसरी पाँचवटा हुञ्छ। लिची चाही दुई र दुई गरेर चारवटा हुञ्छ अनी आँप चाही कसरी पाँचवटा हुञ्छ ?
story


त्यसपछि थाहा छ हरीले के भन्यो ? उसको अबोध मस्तिष्कले कसरी सोचिराखेको रहेछ। उसले सार्है नै सरल जवाब दियो। "सरले दुई दुई वटा गरेर चारवटा आँप दिनु भो , आज आमाले खाजाको लागी एउटा आप ब्यागमा राखी दिनु भएको छ। सरले दिनु भएको चारवटा आँप अनी म संङ्ग ब्यागमा भएको एउटा आँप गरेर पाँचवटा आँप भयो सर।



अब हेरौ न, यहा को गलत छ, र को सही छ। के शिक्षक गलत छन ? गलत छैनन , किनकी दुई र दुई त चार नै हुञ्छ , होईन र ? के हरी गलत छन त, गलत छैनन , किनकी दुई र दुई चार त भयो, तर उसको ब्यागमा पहिला दखि नै एउटा आँप छ, त्यसैले चार र एउटा ब्यागमा भएको समेत गरेर पांच भयो, होइन र ?



शिक्षक टेक्निकल्ली सही थिए, किनकी दुई र दुई चार नै हुञ्छ, तर हेर्ने हो भने हरी पनी सही छन, उ प्रक्टॆकल्लि व्यवहारीक रुपले सही छन्, किनकी दुई र दुई चार आँपको पछाडी लुकेको एउटा आँप छ, जुन की शिक्षकले हेरेका थिएनन् वा हेरिरहेका थियेनन।


हाम्रो जीवनमा भएका धेरै जसो समस्याहरु यिनै कारणले हुने गर्दछन। यदि कुनै व्यक्तीले तपाईको कुरा मानीरहेको छैन भने तपाई प्राक्टॆकल्लि सहि हुनुहुन्छ , किनकी उसले तपाइको कुरा मानीरहेको छैन, त्यो हामी हेरिरहेका हुन्छौ, तर के हामी व्यवहारीक रुपले सही छौ त ? के हामीले लुकेको आँप हेर्न सकिरहेका छौ त ?


त्यसैले टेक्निकल्ली सही हुनुको साटो प्रक्टिकल्लि सही हुन सिकौ , त्यो लुकिरखेको आँपलाई हेरौ। हाम्रो सबै प्रकारको सम्बन्धको जरा येही हो ।।।।


ए बाबु, तिम्रो तराइमा अक्षताको सधै भात खान्छ रे हो ?
story
story

कथा धेरै पुरानो हो।  हामी भरखरै ठाकुर राम कलेजबाट एम बी एस पास गरका थ्यौ । कहि घुमना जाने रहर भो। कहाँ जाने? पछि आफ्नै मातृभूमिको कुनै दुर्गम क्षेत्रमा जाने निर्णय भयो । दशै वितिसकेको थियो । साथीहरुबीच छलफल गर्यौं । हाम्रो मातृभूमिको कुनै पहाडी क्षेत्रमा जाऔं। ल। ओलाङचुङ गोला। नेपालको उत्तरपूर्वी कञ्चनजङ्घा क्षेत्रको दुर्गम गाउँ हो।

एका बिहानै यात्रा प्ररम्भ भो। सपना को गाउँ मा पुग्यो। अति नै सुन्दर र रमणीय दृश्य जताततै। बाटोको थकाई सबै कता गयो कता ? आखाको मनोरंजन पछि अब पेटको मनोरन्जनको व्यवस्था तिर लागियॊ।

नजिकै एउटा सानो चिया पसल थियो । हामी त्यहाँ गयौं। एउटी बुढी हजुरआमा हामीलाई हेरेर मुस्कुराउनुभयो। हामीले "नमस्ते" हजुरआमा भन्यौं। बाबुहरु तिमी कहाँबाट आयौ ? हामीले "वीरगन्जबाट, हजुरआमा" भन्यौं। त्यसपछि उनले फेरि सोधिन्। कहाँ जानू छ? कतै होइन हजुरआमा यतै घुम्न फिर्न आएका हौ।

बास बस्नु पर्छ हैन र बाबुहरू ? म कहा बस्नु भए पनि हुन्छ। एउटा सानो कोठा छ। गुन्द्री लाई दिन्छु। येतई बसम न बास हुन्न र नानीहरु? हामीले हुन्छ भंन्यौ।


पाच दिनको बसाईमा हामीले वहाहरुको जीवनलाई नजिकबाट नियाल्ने मौका पायौ। कहिले ढिडो त कहिले सिस्नोको साग। कहिले त एक अंखोरा तातो पानी मात्र। पुरुषहरुले मिहेनतको काम गर्नु पर्छ भनेर होला सायद, पुरुषहरुले अली धेरै खाने अनि बचेको बाट महिलाहरुले खाने रहेछ। गरिबी। श्रोत साधनको अभाव। अभावै अभावको जीवन।


पटुका। पुरानो सारीको। पटूका चाहिने रहेछ। के थाहा कुन दिन अन्नको दाना पेटमा नपर्ने हो। त्यो दिन  एक अम्खोरा तातो पानि खायो अनि पेटमा बेस्सरी पटुकाले  बाध्यो ,अनि निदायो। यसरी पटूकाले पेटमा बाध्दा भोक लागेको अलि कम महसुस हुने रहेछ।
story


हामी पनी कहिले ढिडो त कहिले सिस्नोको साग नुन पानीमा उमालेर। येस्तै येस्तै एक दिन उनीहरुको दिन काट्दै जान्छ। अनि एक दिन बिदा हुन्छन आफ्नो ठाउ परिवार अनि गाउ सबै सधै को लागी छोडेर।
story


आज पाचौ दिन। आज हामी फर्निनु पर्ने बिरगंज। बिहानै उठ्यौ। हामीलाई सार्है नै न्यास्रो लागिरहेको थियो त्यस दिन। कुनै शक्ती, अदृस्य शक्तिले हामीलाई रोकिरहेको भान हुनलागेको थियो। हजुर आमा अनि तिनका परिवार। हिमाल, कन्दरा, शितल जलले भरिएको तलाउ। कहिले तृप्त नहुने प्राकृतिक दृश्य। धर्तीमा रहेको स्वर्गको एउटा तुकड़ा। अबिश्मरणीय़, अतुलनीय।।।
story


आज हामी फर्किने। हजुर आमालाई एक दिन अघि राती नै भनिसकेका थियौ। हजुर आमाले एउटा कचौरामा अलिकती अक्षेता अलिकती दही अनि केही फुलहरु लिएर आउनु भो।
story


हामी सबै ले टिका थाप्यौ , आसिर्बाद लियौ हजुर आमाबाट। टिका लाई दिदै गर्दा हजुरआमाले हामीलाई सोध्नु भो " बाबुहरूको तराई तिर यो अक्षेताको (सिंगो चामल) सधै भात पकाएर खान्छ रे, हो ? हजुरआमाको यो प्रश्नले हामीलाई अस्तभद पार्यो। मन भारी भयो। हामीले "हो हजुरआमा" भन्यौ। हजुरआमाको यो शब्द हाम्रो कानमा अहिले पनी गुन्जिरहन्छ।


अनपढ आमा अशिक्षित आमा
story
story

एउटा मध्यमवर्गीय परिवारमा छोराले ९० प्रतिशत अंक लिएर एसईई पास गरे । मार्कसिट हेरेर खुसी हुँदै बुवाले आमालाई खीर पकाउन भन्नुभयो- तिम्रो प्यारो छोराले ९०% अंक लिएर पास गरेको छ । आमा भान्साकोठाबाट कोठामा दौडिएर आउनुभयो र भन्नुभयो, “भन, छोराको नतिजा म पनि हेर्छु । त्यतिकैमा छोराले बोल्यो, “बाबा आमालाई नतिजा किन देखाउनुहुन्छ । उनी अनपढ छिन् । 


आँखाभरी आँसु लिएर उनी खीर पकाउन भान्साकोठामा पुगिन् । बाबुले यी सबै कुरा नियाल्दै छोरालाई भने । तिमी सहि छौ छोरा, तिम्री आमा अनपढ छिन्


जब तिम्री आमा हाम्रो बिहे भएको ३ महिनामै गर्भवती भइन् । हामी कतै घुम्न गएका थिएनौं, हामीले एकअर्कालाई राम्ररी बुझेका पनि थिएनौं। मैले तिम्रो आमालाई भनें । यसपटक बच्चालाई गर्भपात गरौं र घुम्नको लागि नयाँ ठाउँमा जाऔं। पछि सन्तान जन्माउनेछौँ" तर तिम्री आमाले इन्कार गरिन्। एक अर्कालाई बुझेर हिँड्ने र बुझ्ने यी सबै समय बित्दै जाँदा बिस्तारै भइहाल्छ" भनिन्, तब तिमी जन्मियौ  तिम्री आमा अनपढ । हैन र?

आमाको गर्भमा हुँदा उसलाई दूधको स्वाद मन पर्दैनथ्यो । तर छोराको स्वास्थ्यका लागि ९ महिनासम्म गर्भावस्थामा दूध पिउने गर्थिन् । किनभने तिम्री आमा अनपढ हुनुहुन्छ ।


उनी बिहान सबेरै उठेर आफ्नो छोराको लागि मनपर्ने टिफिन पकाउने गर्थिन् । किनकी उनी अशिक्षित छिन् । राती पढेर छोरा सुत्दा किताब–कपी जम्मा गरेर झोलामा हालेर छोरालाई ओछ्यानमा राख्थिन् । त्यसपछि उनी सुत्न ओछ्यानमा जान्थिन् । राती पनि बेलाबेलामा उठेर कम्बल लगाएर बस्ने गर्दथिन् । किनकी उनी अनपढ छिन् ।
story


तिम्रा लागि राम्रो ब्रान्डेड कपडा किन्न सधैं मेरो पछि लाग्थिन् र वर्षभर एउटै साडीमा लगाउने गर्थिन् । किनकी उनी अनपढ छिन्


छोरा, हेर। तिम्रो नजरमा जो शिक्षित छन्, सबैले सधैं आफ्नो फाइदा पहिले हेर्छन्। तर तिम्री आमाले उसको खुसीको वास्ता गरिनन् । किनकी उनी अनपढ छिन् । हामीलाई खाना खुवाएपछि कहिलेकाहीँ खाना खान बिर्सिन्थिन् । त्यसैले म गर्वका साथ भन्छु, हो तिम्री आमा अनपढ हुनुहुन्छ ।
story

बुबाको मुखबाट यी सबै सुनेर छोराले आमालाई अँगालो हाल्यो, “आमा मैले एउटा कागजमा ९०% ल्याएको छु, तर मेरो जीवनलाई शतप्रतिशत बनाउने पहिलो शिक्षक हुनुहुन्छ । आमा, म अझै अशिक्षित छु। तपाईंसँग पीएचडी भन्दा ठूलो डिग्री छ। किनकि आज मैले मेरो आमा भित्र बस्ने शिक्षक, डाक्टर, वकिल, ड्रेस डिजाइनर र उत्कृष्ट कुकलाई भेटें। आमा, मलाई माफ गर्नुहोस्। हो, मेरी आमा अशिक्षित हुनुहुन्छ। तर यस संसारका सबै ठूला डिग्रीहरू फोहोर कागजको टुक्रा मात्र हुन्। किनभने यो संसारमा कुनै पनि मानिसको सफलताको पछाडि आमाको ठूलो योगदान हुन्छ।


सधैं आफ्नो आमालाई सम्मान गर्नुहोस्, जसले धेरै गर्छ तर आफ्नो लागि केही माग्दैन। आमा हुन् जगत जननी । आमालाई कहिल्यै दुख नदिनुहोस्। यदि उनी अब छैनन् भने, उनको शान्तिको लागि भगवानसँग प्रार्थना गर्नुहोस्।



सम्पुर्ण आमाहरुमा समर्पित । प्रतिलिपि / अनुवादित ……

Categories:

Tags:

Comments are closed